मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १६ बिहीबार १३:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विघटित संसद्का सभामुख भन्छन्- प्रधानमन्त्रीलाई यही परिस्थितिमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन

Read Time : < 1 मिनेट
२०७७ पौष १६ बिहीबार १३:३५:००

विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले यही परिस्थितिमा प्रधानमन्तीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन्।

बिहीबार विभिन्न महिला संघका नेतृहरूले दिएको ध्यानाकर्षण प्रस्ताव बुझ्दै उनले प्रतिनिधिसभा विघटनबारे ध्यानाकर्षण भएको बताएका हुन् ।

विघटनपछि आफ्नो भूमिकालाई लिएर विभिन्न पक्षसँग छलफल भइरहेकाे उनले जानकारी दिए । 

सभामुख सापकोटाले भने, ‘यही परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसैअनुसारको जवाफ दिँदै छु । मेरो भूमिकाबारे राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाब लिएको छु । बृहंगम छलफल भएको छ । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनुभएको छ, मेरो ध्यानाकर्षण भएको छ ।’