मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १६ बिहीबार ०९:४२:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

पाथीभरा क्षेत्रमा आगलागी : रेडपान्डासहित हजारौँ वन्यजन्तु मरेको आशंका

Read Time : < 1 मिनेट
२०७७ पौष १६ बिहीबार ०९:४२:००

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा लागेको आगोमा परेर विश्वमा दुर्लभ मानिने रेडपान्डासहित हजारौँ वन्यजन्तु र पशुपक्षी मरेको अनुमान गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेकाले ठूलो क्षतिको अनुमान गरिएको हो ।

पाथीभरा क्षेत्रको फावाखोला जंगल पूरै जलेको छ भने आगो अहिले सिकैचा क्षेत्रको जंगलमा फैलिएको छ । आगो अनियन्त्रित हुँदै जाँदा मानवीय बस्तीतर्फ बढ्न सक्ने जोखिम देखिएको छ । रूखको टुप्पो–टुप्पोसम्म पुगेको आगोले ठूलो वन क्षेत्र सखाप पारेको छ । दनदनी फैलिएको आगोसँगै वेगले हावा चलिरहेकाले नियन्त्रणबाहिर गएको हो । 

पाथीभरा देवीको मुख्य थानमा आगो लागे पनि अहिले पूजा गरिँदै आएको मन्दिरलाई भने अग्निरेखा बनाएर भए पनि जोगाउने प्रयास भएको छ । पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले पानी वा हिउँ परे मात्रै आगो नियन्त्रणमा आउन सक्ने बताए । पाथीभरा क्षेत्रको पश्चिमतिर रहेको मयाम–पाताल जंगलमा आगो प्रवेश गरेमा मानव बस्तीमा पनि क्षति हुने अनुमान गरिएको छ । 

काठमाडौंबाट मगाइएको सिम्रिक एयरको हेलिकोप्टरको सहायताले जंगल क्षेत्रमा पानी फालेर आगो नियन्त्रणको प्रयास गरिए पनि सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए ।