Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १५ बुधबार १६:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीविरुद्ध मुख्यमन्त्री : शाही भन्छन्– प्रधानमन्त्रीले संविधानको उल्लंघन गरे

Read Time : < 1 मिनेट
२०७७ पौष १५ बुधबार १६:३७:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर संविधानको उल्लंघन गरेको बताएका छन् । 

गृहजिल्ला कालिकोटमा पुगेका मुख्यमन्त्री शाहीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संविधानको उल्लंघन गरेका कारणले राष्ट्रिय जनआन्दोलन गर्ने बताएका हुन् । 

‘संसद् विघटन संविधानमा कल्पना गरिएको छैन,’ मुख्यमन्त्री शाहीले भने, ‘स्पष्ट बहुमत हुँदाहुँदै संसद् विघटन प्रधानमन्त्रीले किन गर्नुभयो ? यसको जवाफ जनताले चाहेका छन् ।’ 

प्रधानमन्त्रीबाट सही जवाफ नपाए जनताले जनआन्दोलन गर्ने र त्यसको नेतृत्व पार्टीले गर्ने मुख्यमन्त्री शाहीले बताए । 

‘प्रधानमन्त्रीले पार्टीका साथीहरूले असहयोग गर्नुभयो त्यही भएर संसद् विघटन गरेको भनेर भन्नुहुन्छ,’ उनले भने, ‘उहाँ बालुवाटारबाहिर निस्कनु नै भएको छैन् । कहाँ असहयोग भयो उहाँले त्यो भन्नुपऱ्याे । उहाँले सहयोग नै पार्टीसँग माग्नुभएन कसरी असहयोग भयो ?’ 

प्रधानमन्त्रीले ओलीले संसद् विघटन गरेर ठूलो गल्ती गरेको मुख्यमन्त्री शाहीले बताए । 

‘प्रधानमन्त्रीले संविधानको बर्खिलाप गर्ने ?’ त्यसको बोझ नेपाली जनताले भोग्ने, पार्टीले भोग्नुपर्ने ?’ उनले भने, ‘यो अवस्था ल्याउने प्रधानमन्त्री स्वयं आफैँ हो ।’