१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/सिन्ह्वा अुबजा
२०७७ पौष १५ बुधबार १३:४३:००
Read Time : < 1 मिनेट
विश्व

नाइजेरियामा सुरक्षा कारबाहीमा नौजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा अुबजा
२०७७ पौष १५ बुधबार १३:४३:००

नाइजेरियामा सुरक्षाकर्मीहरूले उत्तरी अबुजा सहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौजनाको ज्यान गएको छ । उनीहरू सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्नेबारेमा भने केही पनि बताइएको छैन । 

स्थानीय अधिकारीहरूले अबुजा सहरमा केही समय अघिदेखि सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो सहरमा ठूलो संख्यामा प्रहरी परिचालन भएका हो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरू मारिएको जानकारी यहाँका अधिकारीहरूले मंगलबार गराएका थिए । 

उक्त सहरमा रातिको समयमा बन्दुकधारीहरू लुट्नका लागि  आउने गरेका थिए । उनीहरूलाई नै लक्षित गरेर प्रहरीले सुरक्षा कारबाही चलाएको थियो । अबुजा सहर यहाँको कादुना राज्यमा पर्दछ । कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीमा मारिएकाहरूको पहिचानको खोजी भइरहेको जानकारी दिए । 
लुटेराहरूले आतंक मच्चाएको भनिएका क्षेत्रमा प्रहरीले एम्बुस थापेर बसेको थियो । एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरूमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए । 

उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरूको पनि बस्ती रहेकोले उनीहरूको खोजीका लागि पनि प्रहरी परिचालन गरिएको छ ।