१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा सिंगापुर
२०७७ पौष १५ बुधबार १३:३४:००
Read Time : < 1 मिनेट
विश्व

सिंगापुरमा पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा सिंगापुर
२०७७ पौष १५ बुधबार १३:३४:००

सिंगापुरमा आजदेखि कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाउन थालिएको छ । बुधबार बिहानैबाट कोभिड– १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । 

यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरूलाई दिइँदै छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वास्थ्यकर्मीहरूलाई खोप दिन सुरु गरिएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरू अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरू र केन्द्रका  कर्मचारीहरूलाई पहिलो चरण्मा खोप लगाइनेछ । त्यसपछि यहाँका अरू स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइनेछ । 

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका वृद्धवृद्धालाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।