Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/सिन्ह्वा संयुक्त राष्ट्रसंघ
२०७७ पौष १४ मंगलबार १६:२६:००
Read Time : < 1 मिनेट
विश्व

नयाँ वर्षलाई ‘उपचारात्मक वर्ष’ बनाउन राष्ट्रसंघको आह्वान 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा संयुक्त राष्ट्रसंघ
२०७७ पौष १४ मंगलबार १६:२६:००

कोरोना भाइरसका कारण संकटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई ‘उपचारात्मक वर्ष’ बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रूपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देशमार्फत आह्वान गरेका हुन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देशसहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसँगै लड्नुपर्नेमा जोड दिएको छ । ‘आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसँगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरूको सामना पनि गरौँ,’ उनले भिडियोमा भनेका छन् ।

सन् २०२० भरि कोरोना भाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म संसारभरि १७ लाख ८३ हजार एक सयभन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।