मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस मस्को
२०७७ पौष १४ मंगलबार १६:१७:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भ्याक्सिन : स्पुतनिक भी प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस 

Read Time : < 1 मिनेट
रासस मस्को
२०७७ पौष १४ मंगलबार १६:१७:००

कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’  प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यो भ्याक्सिन यसअघि रुसले प्रयोग गरेको थियो । यो भ्याक्सिनको विकास रसियाको सरकारी निकायले गरेको हो । 

‘स्पुतनिक भी’ भ्याक्सिन उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, ‘यो खोप प्रयोग गर्ने देशहरूको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आमनागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।’    

सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको र शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी गरेको छ । स्पुतनिक भी खोप लगाएकाहरूलाई लाभ भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ । 

रुसका स्वास्थ्यमन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताए । बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार आठ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार पाँच सय ८८ जना संक्रमित भएका छन् ।