संसद् विघटनको कदम असंवैधानिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर आज विरोध कार्यक्रम गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गरिएको छ । त्यसअघि उपत्यकाका विभिन्न क्षेत्रबाट विरोध ऱ्याली निकालिएको थियो ।
हाम्रा फोटोग्राफरहरू ज्ञानेन्द्र कार्की र संजित परियारले ती प्रदर्शनका ऱ्यालीहरूलाई तस्बिरमा उतारेका छन् ।