१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १३ सोमबार १५:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटन गरेर ओलीले इतिहासमा कलंकको टीका लगाए : प्रचण्ड [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १३ सोमबार १५:४१:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गरेर प्रधानमन्त्री केपी ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् ।

सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण भेला कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीले आफूसँग संवैधानिक रूपमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेकाले ओली सरकार विघटन भएको, तर संसद् विघटन नभएको दाबी गरे । 

उनले विघटन गरिएको संसद्लाई अदालतले पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।  ‘यो संवैधानिक प्रावधान अदालतले बुझ्दैन भन्ने हामी ठान्यौँ भने त्यो अदालतको सम्मानप्रति अपमान ठहरिन्छ । अदालतबाट छिटोभन्दा छिटो सदन चल्ने आदेश आउनेछ भन्ने विश्वास गर्छु,’ उनले भने ।

प्रचण्डले प्रधानमन्त्री ओली प्रतिगमनकाे बाटोमा हिँडेकोले पराजय सुरु बताए । उनले केही महिनाभित्र ओलीसँगको लडाइँ फाइनल हुने उद्घोष गरे ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसपछि सत्तारुढ नेकपामा फुट आएको छ । ओली पक्षले निर्वाचनमा जाने घोषणा गरेको छ भने प्रचण्ड–माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा सडक आन्दोलनमा जाने घोषणा गरेको छ ।