मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १२ आइतबार १४:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट सुर्खेतमा थप एकको निधन 

Read Time : < 1 मिनेट
२०७७ पौष १२ आइतबार १४:५८:००

कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप एकजनाको निधन भएको छ ।

वीरेन्द्रनगर नगरपालिकानिवासी ८२ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको हो । सास फेर्नमा कठिनाइ र ज्वरोको समस्या भएपछि पुस १० मा उनलाई प्रदेश अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

कर्णाली प्रदेशका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।