मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा ब्राटिसलभा
२०७७ पौष ११ शनिबार १३:०१:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना महामारीका कारण युरोपमा क्रिसमस फिक्का

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा ब्राटिसलभा
२०७७ पौष ११ शनिबार १३:०१:००

युरोपका नागरिकहरूले यस वर्ष क्रिसमस सामान्य रूपमा मनाएका छन् । कोरोना महामारीका कारण सरकारले जमघट र भिडभाड नगर्न भनेका कारण यहाँका नागरिकहरूले बिदा भए पनि सामान्य रूपमा मनाएका छन् । कतिपय स्थानमा त सरकारले जमघट र भिडभाड रोक्न प्रतिबन्ध लगाएको छ । 

सरकारले यहाँका होटेल रेस्टुरेन्ट साँझको ६ बजे नै बन्द गर्न भनेको छ भने होटेल तथा पार्टी गर्ने स्थानमा यस्ता समारोहको आयोजना गर्न पनि दिइएको छैन । युरोपका बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा भाइरसको दोस्रो लहर आएको छ । यसले गर्दा क्रिसमसको समयमा यसअघि कहिल्यै पनि नभोगेको समस्या युरोपका प्रायः देशका नागरिकले भोगिरहेका    छन् । 

बेलायतमा त कोरोना भाइरस जीवाणुको नयाँ स्वरूपको प्रकोप नै भेटिएको एजेन्सीहरूको भनाइ छ । यहाँका कतिपय स्थानमा कडा खालका प्रतिबन्धसमेत लगाइएको छ । बेलायत सरकारले गत बुधबार पनि यहाँका कैयौँ स्थानमा प्रतिबन्ध लगाइएको छ । ती स्थानमा नागरिकलाई घरबाट बाहिर पनि निस्कन दिइएको छैन । 

युरोपका देशहरूले कोरोना भाइरसको प्रकोपको थप समस्याको आकलन गरेर क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुन सक्ने सम्भावना रहेकाले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनी कडा खालका नियम बनाएका छन् ।