मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी बोगोटा
२०७७ पौष ९ बिहीबार १४:२१:००
Read Time : < 1 मिनेट
विश्व

कोलम्बियामा पत्रकारको गाेली हानी हत्या

Read Time : < 1 मिनेट
रासस/एएफपी बोगोटा
२०७७ पौष ९ बिहीबार १४:२१:००

संगठित अपराधबारे समाचार लेख्दै आएका एकजना कोलम्बियाली पत्रकारको गोली हानी हत्या भएको छ । पत्रकार फेलिपे गुएभेरामाथि सोमबार गोली प्रहार भएको र बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । उनी क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्थे । पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिमस्थित काली भन्ने स्थानमा गोली हानिएको थियो । 

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरूसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताएका छन् । मेयर ओस्पिनाले हत्यामा संलग्नबारे जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिने घोषणा पनि गरेका छन् । 

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ । प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए । गुएभेराले सन् २०१८ र यसै वर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताएका थिए । 

कोलम्बियाका लागि राष्ट्रसंघीय मानव अधिकार आयुक्त जुलिएट डी रिभेरोले  घटनाको निन्दा एवं भर्त्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेकी छिन् ।