मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १८ शनिबार
  • Saturday, 01 May, 2021
२०७७ पौष ९ बिहीबार ०९:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महायज्ञको रकमबाट एम्बुलेन्स

Read Time : < 1 मिनेट
२०७७ पौष ९ बिहीबार ०९:४७:००

लमजुङको विकट गाउँ दूधपोखरीमा महायज्ञको रकमबाट एम्बुलेन्स खरिद गरिएको छ । दूधपोखरी सम्पर्क समाज चितवनले एम्बुलेन्सको व्यवस्था गरेको हो ।

जिल्लाकै विकट दूधपोखरी गाउँपालिका– २ विचौरमा गत वर्ष माघ १४ गतेदेखि २२ सम्म हिमाली पर्यटन प्रवर्द्धन क्षेत्र विकास धार्मिक धाम एवं एम्बुलेन्स खरिद तथा सञ्चालन सहयोगार्थका लागि महायज्ञ सञ्चालन गरिएको हो । 

समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार दूधपोखरीबाट चितवन, नवलपुर बसेकालाई समाजमा आबद्ध गराई सामाजिक कार्य गरिएको हो । न्यौपानेका अनुसार १० लाख ७२ हजार ६ सय ७० रुपैयाँमा  एम्बुलेन्स खरिद गरिएको हो । 

०७६ माघ १४ देखि २२ गतेसम्म सञ्चालन गरिएको महायज्ञमा ३७ लाख आठ हजार पाँच सय २४ रुपैयाँ रकम संकलन भएको थियो । यसअघि गाउँमा स्टेचर पनि अभाव हुने र उपचारमा लागि बोकेरै अस्पताल लैजान बाध्य नागरिक गाउँमै एम्बुलेन्स सेवा पाउने भएसँगै खुसी भएको समाजका सचिव प्रकाश दवाडीले बताए ।