मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ८ बुधबार १९:१५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बृहत् नागरिक आन्दोलनको अपिल– उपलब्धि गुम्ने खतरा भयो, प्रतिरोधमा उत्रिऔँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ८ बुधबार १९:१५:००

बृहत् नागरिक आन्दोलनको भेलाले प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएको ठहर गर्दै तुरुन्त बदर गर्न माग गरेको छ । सचेत बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकले भेला गरेका हुन् ।

जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता राजनीतिक उपलब्धिहरूमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सीमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको भेलाको निष्कर्ष छ । भेलाले सबै तह, तप्का, समुदायका जनतालाई प्रतिरोधमा उत्रन अपिल गरेको छ ।  भेलामा प्रत्यक्ष–परोक्ष रूपमा ५४ जना सहभागी भएका थिए । 

भेलाको निर्णय र सहभागी 
१. प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद् विघटनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भर्त्सना गर्दछौँ । यो गैरसंवैधानिक र जनविरोधी ‘कु’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रूर मोड दिएको छ । जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता राजनीतिक उपलब्धिहरूमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सीमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको छ । त्यसैले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न हामी जोडदार माग पनि गर्दछौँ ।

२. कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षप्रति हाम्रो प्रत्यक्ष चासो छैन । हामी आन्दोलित हुनको मुख्य कारण लामो संघर्षपछि प्राप्त नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको मूल्य, मान्यतामा संविधानको प्रतिपालन र रक्षा गर्नुपर्नेहरूबाटै प्रहार हुनु नै हो ।

३. कोरोना विश्वव्याधिले उत्पन्न गरेको जनस्वास्थ्य संकट तथा सरकारको समेत नालायकीका कारण व्यापार, व्यवसाय, कृषि, उद्यम सबैतिर पर्न गएको प्रतिकूल असर तथा जनताले दैनन्दिन जीवनमा भोगिरहेको अत्यन्त असहज परिस्थितिको सामना गर्न उद्यत् हुनुपर्ने वेला प्रधानमन्त्री ओलीले चालेको यो गैरसंवैधानिक कदम भर्त्सनायोग्य मात्र होइन, अमानवीय पनि छ । समग्र नेपाली जनताको हित र अधिकारको रक्षाको निम्ति यो प्रतिगामी संवैधानिक कुको सशक्त प्रतिवाद गर्नु सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेसाकर्मी, बौद्धिकलगायतको कर्तव्य हुन जान्छ । लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउँबाट आ–आफ्ना माध्याममार्फत सशक्त प्रतिरोधमा उत्रन हामी आह्वान गर्दछौँ ।

४. दलित, महिला, आदिवासी, जनजाति, मधेसी, थारूलगायत सबै सीमान्तकृत र विपन्न समुदायले राज्यमा खोजिरहेको हिस्सेदारी तथा अधिकारको आवाजलाई दबाउने र प्रतिगमनमार्फत समाजलाई झन् पछाडि धकेल्ने यो कदमका विरुद्ध सबै तह, तप्का, समुदायका जनतालाई समेत प्रतिरोधमा उत्रन हामी अपिल गर्दछौँ । त्यसपछि मात्र हालसम्म वञ्चित समुदायहरूलगायत आमनागरिकको निम्ति सार्थक विकास र समृद्धिको मार्ग प्रशस्त हुनेछ ।

५. भेलाले यो सचेत नागरिकहरूको पहललाई बृहत् नागरिक आन्दोलन नामकरण गर्दै प्रत्यक्ष वा परोक्ष सम्पर्कमार्फत यो पहलमा सहभागी हुन लोकतन्त्र, नागरिक अधिकार, सामाजिक न्याय, समानतामा विश्वास गर्ने सबै तह, तप्का तथा समुदायका नागरिकलाई आह्वान गर्दै हातेमालो गर्ने निर्णय पनि गरेको छ ।

६. प्रतिगमनको यो ताजा प्रपञ्चसम्म पुऱ्याउन र आमजनतालाई निराशामा धकेल्नमा दलहरूको समेत भूमिका रहेको निष्कर्ष निकाल्दै दलहरूलाई जनताप्रति जिम्मेवार भएको प्रतिबद्धता जाहेर गर्दै प्रतिगमनको कडा प्रतिवाद उत्रन पनि यो आन्दोलन आह्वान गर्दछ । साथै यो प्रतिगमनविरुद्ध सडकमा उत्रेरै प्रतिरोध गर्ने निर्णय पनि गरिएको हुनाले यसमा समेत सहभागी भई मुलुक र जनताको भविष्यप्रतिको जिम्मेवारी निर्वाह गर्न हामी सबैलाई अपिल गर्दछौँ ।

भेलामा प्रत्यक्ष/परोक्ष सहभागी सदस्यहरू ः
१. अर्चना थापा (लेखक/अभियन्ता)
२. अनिता माझी (सञ्चारकर्मी/अभियन्ता)
३. अनुभव अजित (नागरिक अधिकारकर्मी/अभियन्ता)
४. अस्मिना रञ्जित (कलाकार)
५. आनन्द गुप्ता (मधेसी अधिकारकर्मी/अभियन्ता)
६. आरके तामाङ (अभियन्ता)
७. आशिष घिमिरे (अभियन्ता)
८. उद्धव प्याकुरेल (अधिकारकर्मी/अभियन्ता)
९. काजी गुरुङ (अभियन्ता)
१०. केपी पाठक (चलचित्रकर्मी)
११. कैलाश राई (लेखक/अभियन्ता)
१२. खगेन्द्र संग्रौला (लेखक/नागरिक अगुवा)
१३. गुरुङ सुशान्त (लेखक/अभियन्ता)
१४. घिमिरे युवराज (रंगकर्मी/अभियन्ता)
१५. चन्द्रवीर तुम्बापो (कवि/अभियन्ता)
१६. छम गुरुङ (कवि/अभियन्ता)
१७. जेबी विश्वकर्मा (अधिकारकर्मी/अभियन्ता)
१८. ज्योति भट्टराई (कवि/अभियन्ता)
१९. डिबी आङबुङ लिम्बू (मुन्धुम अध्येता/अभियन्ता)
२०. तारालाल श्रेष्ठ (लेखक–प्राध्यापक/अभियन्ता)
२१. तुलसीदास महर्जन (लेखक/अभियन्ता)
२२. दिनेश पन्त (अभियन्ता)
२३. दुर्गाबहादुर खत्री (अभियन्ता)
२४. नरेन्द्र खतिवडा (अधिकारकर्मी/अभियन्ता)
२५. नवीन तिवारी (अभियन्ता)
२६. नारायण वाग्ले (लेखक/पत्रकार/अभियन्ता)
२७. पुष्कर काफ्ले (अभियन्ता)
२८. प्रमोद संकल्पित (मधेसी अधिकारकर्मी/अभियन्ता)
२९. प्रेम वाइबा (अभियन्ता)
३०. बालकृष्ण माबुहाङ (लेखक/प्राध्यापक/अभियन्ता)
३१. बुद्धछिरिङ मोक्तान (अभियन्ता)
३२. बुद्धराज लामा (अभियन्ता)
३३. भूपाल राई (कवि/अभियन्ता)
३४. मनोज खतिवडा (अभियन्ता)
३५. मनोज पण्डित (चलचित्रकर्मी)
३६. युग पाठक (लेखक/अभियन्ता)
३७. युवराज भट्टराई (लेखक/अभियन्ता)
३८. राजन खतिवडा (रंगकर्मी)
३९. राजन काफ्ले (कलाकार)
४०. राजु स्याङतान (कवि/अभियन्ता)
४१. रूपबहादुर सुनार (अधिकारकर्मी/अभियन्ता)
४२. वसन्त रञ्जितकार (अभियन्ता)
४३. विनोद लोहनी (अभियन्ता)
४४. विमल अर्याल (नागरिक अधिकारकर्मी)
४५. विप्लव प्रतीक (कवि)
४६. श्याम श्रेष्ठ (नागरिक अगुवा)
४७. स्वर्णिम दिनेश (अभियन्ता)
४८. शिवहरि ज्ञवाली (लेखक–अभियन्ता)
४९. सरोजराज अधिकारी (सञ्चारकर्मी/लेखक)
५०. संगीत (लेखक/अभियन्ता)
५१. संघर्ष दहाल (अभियन्ता)
५२. सञ्जीव उप्रेती (लेखक)
५३. सिर्जना खड्का (सञ्चारकर्मी)
५४. हिमाल पौडेल (सञ्चारकर्मी)