मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष ७ मंगलबार १९:२८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फाइजर र मोडर्नाका भ्याक्सिनले कसरी काम गर्छन् ? 

Read Time : > 1 मिनेट
२०७७ पौष ७ मंगलबार १९:२८:००

कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिन (फाइजर र मोडर्ना) लाई अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भ्यक्सिन लगाउन सुरु भएको छ । यसअघि नै भ्याक्सिन लगाउन सुरु गरिसकेका बेलायत, क्यानडा र बहराइनले कोरोना भाइरस संक्रमणविरुद्ध यी भ्याक्सिन प्रभावकारी रहेको जनाइसकेका छन् । 

औषधि उत्पादक कम्पनी फाइजर÷बायोन्टेक कम्पनी र मोडर्नाले निर्माण गरेका दुवै भ्याक्सिन आरएनएमा आधारित छन् । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार यी भ्याक्सिनले शरीरमा स्पाइक प्रोटिन पत्ता लगाएर भाइरसविरुद्ध एन्टिबडी निर्माण गर्न सहयोग गरिरहेको छ । शरीरमा भ्याक्सिन दिएपछि यसका कणहरू कोषसँग ठोकिन्छन् र आरएनए बाहिर निस्कन्छ । कोषमा रहेका कणहरूले भाइरसको अवस्था अध्ययन गरी स्पाइक प्रोटिन निर्माण गर्छ । बिस्तारै भ्याक्सिनले दिएको आरएनए कोषहरू नष्ट गर्छ । केही स्पाइक प्रोटिन टुक्रिएर स्पाइक्स बनेर कोषको सतहमा गएर बस्छ । यस्तै भ्याक्सिनबाट दिएका आरएनएका अणुहरूसमेत कोषको सतहमा हुन्छन् । जुन पछि प्रतिरक्षा प्रणालीले पत्ता लगाउँछ । जब भ्याक्सिनबाट दिएका कोषहरू मर्छन् र स्पाइक प्रोटिनहरू उत्पादन भइसकेपछि प्रतिरक्षा प्रणालीले समेटेर नयाँ कोष निर्माण गर्छ । यसलाई अनुसन्धानकर्ताहरूले एन्टिजेन प्रिजेन्टिङ सेल भनेका छन् । कोषले सतहमा स्पाइक प्रोटिनहरू जम्मा गर्दा, अन्य सहायक कोषिकाहरूले टुक्राहरू पत्ता लगाउँछ फलस्वस्प प्रतिरक्षा सक्रिय भएर भाइरसविरुद्ध लड्ने गर्छ । 

फाइजर र मोडर्नाले शरीरमा समान तरिकाले भाइरसलाई इनकोड गर्छन् । सामान्यतया भ्याक्सिन एउटै टेक्नोलोजीबाट बनाइए पनि भ्याक्सिनमा फरक तत्वहरू राखेर बनाइएको पाइन्छ । फाइजर भ्याक्सिनमा आरएनएसँगै लिपिड्स, पोटासियम क्लोराइड, मोनोवासिक पोटासियम फोस्फेट, सोडियम क्लोराइड, डिवासिक सोडियम फोस्फेट, डिहाइड्रेट र सुक्रोज प्रयोग गरिएको छ । यस्तै मोडर्नाले निर्माण गरेको भ्याक्सिनमा आरएनए, लिपिड्स, ट्रोमेथामाइन, ट्रोमेथामाइन हाइड्रोक्लोराइड, एसिटिक एसिड, सोडियम एसिटेट र सुक्रोज राखिएको एफडिएले जनाएको छ । 

२१ र २८ दिनको अन्तरमा दुई डोजमा दिइने यी भ्याक्सिन क्लिनिकल ट्रायलमा करिब ९५ प्रतिशत प्रभावकारी देखिएका थिए । तर, योसँगै खोप वास्तविक प्रयोगमा आउन थालेपछि साइडइफेक्ट पनि देखिन थालेको छ । 

भ्याक्सिनका साइडइफेक्ट सामान्य
भ्याक्सिन प्रयोगपछि सामान्य साइडइफेक्ट अपेक्षित मानिन्छ । कोभिडविरुद्धका भ्याक्सिन सामान्य समयभन्दा निकै कम समयमै बनेकाले यसका पनि साइडइफेक्टलाई स्वाभाविक मानिएको छ । एफडिएका अनुसार, फाइजर खोप लगाएपछि केही स्वास्थ्य समस्या देखिएको सर्वसाधारणले बताएका छन् । इन्जेक्सन लगाएको ठाउँमा दुखाइ, सुन्निने र रातो हुने, थकान महसुस हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चिसो लाग्ने, जोर्नी दुुख्ने, ज्वरो आउने र लिम्फ नोडहरू सुन्निने समस्या देखिएका छन् । यसलाई एफडिएले सामान्य साइडइफेक्ट भनेको छ । योसँगै फाइजर भ्याक्सिन प्रयोगपछि एलर्जीसम्बन्धी समस्या भएका व्यक्तिमा सिभियर एनाफिलिक्सको पनि समस्या देखिएको छ । 

मोडर्ना भ्याक्सिन प्रयोगपछि भने कुनै सिभियर साइडइफेक्ट रिपोर्ट गरिएको पाइँदैन । तर, यसमा पनि फाइजरजस्तै खोप लगाइसकेपछि लगाएको ठाउँमा दुखाइ, सुन्निने र रातो हुने, थकान महसुस हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चिसो लाग्ने, जोर्नी दुुख्ने, ज्वरो आउने र लिम्फ नोडहरू सुन्निने समस्या देखिएका छन् । 
–एजेन्सीको सहयोगमा