मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/सिन्ह्वा
२०७७ पौष ६ सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
अर्थ

जापान सरकारद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत, नौ वर्षयताकै ठूलो बजेट

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ पौष ६ सोमबार १६:०९:००

जापानको मन्त्रिपरिषद्ले सन् ०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो बजेट पछिल्ला नौ वर्षयताको सबैभन्दा ठूलो हो ।

कोरोना भाइरस संक्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५० खर्ब येन छुट्याइएको जनाएको छ ।  जापानी अर्थमन्त्री तारो आसोले कोरोना भाइरस संक्रमण रोक्नुपर्ने, अर्थतन्त्रको पुनरुत्थान गर्नुपर्ने तथा देशको आर्थिक स्वास्थ्यमा सुधार ल्याउनुपर्ने चुनौती रहेको बताएका छन्। 

जापानको प्रस्तावित बजेटमा ३३ अर्ब येन रक्षाका लागि छुट्याइएको छ । जापानले अमेरिकासँग खरिद गर्न लागेको अत्याधुनिक क्षेप्यास्त्र प्रणालीका विषयमा अझै सहमति जुटिसकेको छैन । रक्षा मन्त्रालयले जापानी युद्धपोतलाई थप सुसज्जित बनाउने कार्यक्रम पनि जारी छ ।