मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष ५ आइतबार १९:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शंकर पोखरेल भन्छन्- सडक आन्दोलनले प्रतिक्रियावादी र दक्षिणपन्थीलाई फाइदा पुऱ्याउन सक्छ

Read Time : < 1 मिनेट
२०७७ पौष ५ आइतबार १९:५९:००

प्रधानमन्त्रीनिकट नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सडक आन्दोलनले प्रतिक्रियावादी र दक्षिणपन्थीलाई फाइदा पुऱ्याउन सक्ने भन्दै गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी आलोचना र सडक आन्दोलनसमेत भएको वेला पोखरेलले फेसबुक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्- पार्टी एकताको मर्मविपरीतको समीकरण, विधानविपरीतको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको प्रस्ताव र दलभन्दा बाहिबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कमदका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो । पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरूलाई फाइदा पुऱ्याउन सक्छ । गम्भीर र जिम्मेवार बनौँ ।