Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष ५ आइतबार १८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 प्रतिनिधिसभा विघटनको निर्णयपछि प्रचण्डलाई ओलीको प्रस्ताव : मिलेर चुनावमा जाऔँ, जितेर आऊँ 

Read Time : < 1 मिनेट
२०७७ पौष ५ आइतबार १८:५२:००

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर मिलेर चुनावमा भाग लिएर जितेर आउन प्रस्ताव गरेका छन् ।

स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीसँग भएको संवादबारे ब्रिफिङ सुनाउँदै प्रचण्डले त्यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषदबाट विघटनको सिफारिस भएको जानकारी पाएलगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

‘म विघटनको जानकारी पाएपछि बालुवाटार पुगेको थिएँ । उहाँले विघटन गर्ने त मैले निर्णय गरिसकेँ, जे हुनु भइहाल्यो, अब मिलेर चुनावमा जाऔँ, एकताबद्ध भएर लडौँ, जितेर आऔँ भन्ने प्रस्ताव पो गर्नुभो,’ प्रचण्डले ओलीसँग भएको सवाल–जवाफबारे बैठकलाई गरेको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तपाईंले मिल्ने काम गर्नुभएको छ र सँगै मिलेर चुनावमा जाने ? अनि कसरी एकताबद्ध भएर जितेर आउने कुरा हुन्छ ? यत्रो च्यालेन्ज गर्ने जति काम गरिसकेपछि तपाईंले त्यस्तो प्रस्ताव गर्ने ?’ 

बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूले भने कुनै सम्बोधन गरेनन् । बैठकले ओलीलाई अनुशासनको कारबाही गर्नका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजानेसहितको दुईबुँदे प्रस्ताव पारित गरेको थियो ।