Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/एएफपी
२०७७ पौष ५ आइतबार १५:२४:००
Read Time : < 1 मिनेट
विश्व

डच सरकारद्वारा बेलायतका हवाई उडानमाथि प्रतिबन्ध 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ पौष ५ आइतबार १५:२४:००

डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको छ । बेलायतबाट हुने उडानमा आइतबारदेखि प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा कोरोना भाइरसको जीवाणु पाइएको भन्दै सबै उडानमाथि प्रतिबन्ध लगाएको हो ।

बेलायत सरकारले पनि सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ । बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुन सक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको हो । 

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले  यात्रा प्रतिबन्ध लगाएको समाचार छ । बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिएको बिदाका समयमा नागरिकहरूले बिदा मनाउन ठूलो संख्यामा जम्मा हुन सक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ । 

आइतबारबाट लगाइएको उडान प्रतिबन्ध भने डच सरकारले आगामी १ जनवरीसम्म रहने जनाएको छ । डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरू बढ्दै गएको र यो क्रम जारी नै रहेको छ ।  

यसैले पनि डच सरकारले बेलायतबाट हुन सक्ने कोरोनाको संक्रमणलाई कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति लिएको जनाएको छ । 
डच सरकारले पनि आफ्ना नागरिकलाई अति आवश्यक नपर्दासम्म बेलायत भ्रमण नगर्न भनेको छ ।