मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ५ आइतबार १०:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकको ‘मेगा  अभिभावक बचत खाता’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ५ आइतबार १०:०७:००

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक बचत योजना ल्याएको छ । बैंकले बचतसँगै ग्राहकका छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले ‘मेगा अभिभावक बचत खाता’ योजना सुरु गरेको हो । न्यूनतम ५ सय रुपैयाँ बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैयाँको दुर्घटना बिमाको व्यवस्था गरिएको जनाइएको छ । 

यो खातामा मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निःशुल्क रूपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै खातावालालाई डिम्याट खाता तथा सेयर लगानीसम्बन्धी विभिन्न आकर्षक विशेष सुविधाहरू पनि यस योजनामा समेटिएको जनाइएको छ । खाताबाट सीधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाइएको बैंकले जनाएको छ । देशभरकै २ सय ६ शाखा तथा ३४ एक्सटेन्सन काउन्टरबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

तीन ठाउँमा एक्सटेन्सन काउन्टर विस्तार 
मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंमा २ र भक्तपुरमा १ एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । 

बैंकले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ को गान्धी आदर्श माध्यमिक विद्यालयनजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुन्डुमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।