मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १९ आइतबार
  • Sunday, 02 May, 2021
२०७७ पौष ५ आइतबार ०६:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लमजुङमा सार्वजनिक यातायातकोे नयाँ भाडादर निर्धारण

Read Time : < 1 मिनेट
२०७७ पौष ५ आइतबार ०६:२३:००

लमजुङमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्लास्तरीय ग्रामीण अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको भाडादर तोकेको हो । 

समितिको बैठकले ५ पुसदेखि लागू हुने गरी एक सय ३५ स्थानको विभिन्न रूटमा चल्ने गाडीको नयाँ भाडादर निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । नयाँ भाडादरअनुसार बेसीसहर–काठमाडौंको बसको भाडा चार सय र माइक्रोबसको चार सय ६० कायम गरिएको छ ।

बसको बेसीसहर–सुनौलीको पाँच सय ५०, बेसीसहर–वीरगन्जको पाँच सय, बेसीसहर–पोखराको बसको दुई सय ६५ र माइक्रोबसको तीन सय १५ तोकेको छ ।