मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २६ शनिबार १८:०३:००
Read Time : < 1 मिनेट
साहित्य

प्रणय दिवसको पूर्वसन्ध्यामा गजल वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २६ शनिबार १८:०३:००

प्रणय दिवस नजिकिँदै गर्दा गजलकारहरुले राजधानीमा प्रेमिल गजल वाचन गरेका छन् । दिवसको पूर्व सन्ध्यामा श्री लून करणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले शनिबार राजधानीमा गरेको गजल गुञ्जन कार्यक्रममा गजलकारहरुले प्रेमपुर्ण गजल वाचन गरेका हुन् । 

जीन्दगीको दौडमा तन पुरानो भएपनि मन भने कहिल्यै पुरानो नहुने र प्रेमले जीवनको अन्तिम घडीसम्म पनि मानिसलाई उर्जा प्रदान गरिरहने भावमा गजलकारहरुले आफ्ना श्रृजनाहरु सुनाएका थिए । डाक्टर कृष्णजंङ्ग राणा, बूँद राना, करुण थापा, बसन्त चौधरी, शितल कादम्बीनी, रवि प्राञ्जल, ज्ञानुवाकर पौडेल र पछिल्लो पुस्ताका प्रतिनिधि बाबु त्रिपाठीले गजल वाचन गरेका थिए । 

पछिल्लो समय प्रेम दिवसलाई लक्षित गर्दै केही साता अघि देखि नै विभिन्न कार्यक्रम गर्ने प्रचलन बढ्दै गएको छ ।