मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ पौष ४ शनिबार १५:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ पौष ४ शनिबार १५:१०:००

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबार एक करोड नाघेको छ । कोरोना संक्रमणदर निरन्तर घटि रहे पनि भारत विश्वमै कोरोना संक्रमित सबैभन्दा धेरै हुने दोस्रो मुलुक हो । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा यहाँ २५ हजार संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भारतमा ९६ लाखभन्दा बढी संक्रमणमुक्त पनि भइसकेका छन् । हालसम्म यहाँ कोरोना संक्रमणका कारण एक लाखा ४५ हजार एक सय ३६ जनाले ज्यान गुमाइसकेका छन् । 

यसैबीच भारतका अर्थमन्त्री निर्मला सीतारमणले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन आवश्यकतानुसार गर्न सक्षम रहेको पनि बताएकी छिन् । उनले आवश्यकतानुसार अन्य राष्ट्रमा भ्याक्सिन निर्यात गर्नसमेत भारत तयार रहेको बताएकी छिन् ।