Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा
२०७७ पौष ४ शनिबार १४:०७:००
Read Time : < 1 मिनेट
विश्व

नयाँ वर्षमा भिडभाड र समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ पौष ४ शनिबार १४:०७:००

विश्व स्वास्थ्य संगठनले युरोपका देशहरूमा आगामी नयाँ वर्षका अवसरमा दिइने बिदाको समयमा भिडभााड नगर्न र कुनै समारोह नगर्न सुझाब दिएको छ । 

युरोपका देशहरूमा आगामी नयाँ वर्षको अवसरमा बिदा मनाउनका लागि नागरिकहरू ठूलो संख्यामा उपस्थित हुने र समारोह गर्ने भएकाले त्यसो नगर्न आग्रह गरेको हो ।

यदि त्यसो गरिएमा युरोपेली देशहरूमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको सो समाचारमा जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जनाउनु भएको हो । 

उहाँले अहिले पनि युरोपका कतिपय देशमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशमा मानसिक स्वास्थ्यको अवस्था देखिएकाले सजगता अपनाउन भनेका छन्। 

उनले आगामी नयाँ वर्षका अवसरमा युरोपमा विगतका वर्षहरूमा जस्तै याे वर्षमा पिन बिदा मनाउनेहरुकाे संख्या धेरै हुने र समारोह गर्न सक्ने हुनाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुन सक्ने बताए । 

युरोपका निर्देशक ह्यान्सले शनिबार भन्नुभएको छ, युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो संख्यामा वृद्धि भइरहेकाले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता रहेकाे छ । 

युरोपमा मात्र दुई करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका छन् भने यस महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको छ। 

उनले यो चिसोको मौसममा युरोपेली देशहरूमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुपर्नेमा पनि जोड दिए ।