मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २६ आइतबार
  • Sunday, 09 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ३ शुक्रबार १८:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरण : भूमाफियासँग भूमि व्यवस्थामन्त्री मिलेको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ३ शुक्रबार १८:१९:००

सरकारी, सार्वजनिक एवं गुठी संरक्षण संघर्ष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल भूमाफियासँग मिलेको आरोप लगाएको छ । बालुवाटारस्थित ललितानिवास क्याम्प खाली गराउन पहल नगर्नुले सो गिरोहसँग मन्त्रीको मिलेमतो रहेको समितिको आरोप छ । 

शुक्रबार पत्रकार सम्मेलन गरी समितिले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणमा सरकारले चासो नदिएको भन्दै यसविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ । २८ फागुन ०७५ मा मन्त्रिपरिषद् बैठकले ललितानिवासको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको समितिका महासचिव युवराज कोइरालाले बताए ।

‘अहिले पनि त्यहाँ नक्सा पास गरेर घर बनाउने काम भइरहेको छ,’ उनले भने, ‘अख्तियारले मुद्दा चलाए पनि सरकारले जग्गा हडप्नेलाई नै साथ दिएको छ ।’ यसबारे आफूहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि पत्रकार सम्मेलन गर्नुपरेको समितिका पदाधिकारीले बताए । 

समितिले सगरमाथा निकुञ्ज, धरानको सर्दु जलाधार क्षेत्र र धोबीखोलाको भूमाफियाबाट मिचिएको जग्गा पनि संरक्षणका लागि आग्रह गरेको छ ।