मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अनु आचार्य
२०७५ माघ २६ शनिबार १६:१८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

पाँच वर्ष पछि धुन्चेमा भारी हिमपात [फोटोफिचर]

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७५ माघ २६ शनिबार १६:१८:००

पाँच वर्षपछि रसुवाको सदरमुकाम धुन्चेमा भारी हिमपात भएको छ । २०७१ सालपछि शनिबार सदरमुकाम धुन्चेमा भारी हिमपात भएको हो । 

धुन्चेमा पाँच वर्ष पछि यस्तो हिउँ परेको स्थानीय लक्षिन छिरिङ तामाङले बताए । हिमपातका कारण सदरमुकाम धुन्चेमा सवारी आवागमन बन्द भएको छ । जाडो भएपनि स्थानीयहरु घर बाहिर निस्किएर हिउँमा रमाईरहेका छन् । जिल्लाको अन्य स्थानमा भने केहि दिन अघि बाटै हिमपात भएको थियो । जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड र नौकुण्ड तथा उत्तरगया गाउँपालिकाको विभिन्न स्थानहरुमा बाक्लो हिमपात भएको छ ।

जिल्लाको लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ लगायतको स्थानमा वर्षासँगै हिमपातभएको छ । चिसोको कारण जिल्लाको जनजीवन  प्रभावित बनेको छ । गत्लाङमा निकै चिसो बढेको छ । चिसोको कारण बालबालिका, महिला र वृद्धवृद्धालाई समस्या थपिएकोे छ ।
उच्च हिमालि क्षेत्रमा बसोबास गर्नेहरु चिसोबाट बच्नग दाउरा तथा हिटर प्रयोग गरिरहेका छन् । चिसोका कारण टहरामा बसिहेका भूकम्प पीडित समस्यामा परेका छन् ।