मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २ बिहीबार २१:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकमा सियो खसे पनि देख्न सक्ने गरी सडकबत्ती राख्छौँ : मेयर महर्जन

Read Time : < 1 मिनेट
२०७७ पौष २ बिहीबार २१:४८:००

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सडकमा सियो खसे पनि देख्न सक्ने गरी सडकबत्ती जडान गर्न लागेको बताएका छन् । ‘हामीले स्मार्टलाइट जडान गर्ने योजना बनाएका छौँ, अब ललितपुरका सडकमा सियो खसे पनि देख्न सकिन्छ,’ महानगरको १०२औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा महर्जनले भने । 

उनले महानगर क्षेत्रका सडकमा दायाँबायाँ हरियाली प्रबन्ध गरिएको बताए । यो वर्ष महानगरपालिकाले ६ सय ७९ वटा स्मार्टलाइट जडान गरेको छ । अब बागमती पुलदेखि सातदोबाटोसम्म राति पनि दिउँसोजस्तै झलमल्ल हुने मेयर महर्जनले बताए । उनले महानगर क्षेत्रभित्र सडकलाई कुरूप बनाउने गरी राखिएका विज्ञापनका होर्डिङ बोर्डहरू पनि चाँडै हटाइसक्ने बताए ।

महानगर प्रहरीको नेतृत्वमा अहिले सो कार्य धमाधम भइरहेको छ । ‘महानगरको जानकारीविनै बोर्ड राखेका तथा कर तिरेर करार सम्झौता पूरा भएका सबै बोर्डहरू हटाउने तयारी छ,’ उनले भने । 

त्यस्तै महानगरले अब महानगरवासीहरूको सेवाका लागि घरमा नै बसेर कर तिर्न सक्ने अनलाइन प्रणालीमा चाँडै लागू गर्ने तयारी रहेको पनि उनले बताए । महानगरले विकास निर्माणदेखि धार्मिक स्थलको पुनर्निर्माणको कामलाई पनि महानगरको अगुवाइ तथा लगानीमा निर्माण गरिरहेको पनि उनको भनाइ छ ।