मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २६ शनिबार ११:०४:००
Read Time : > 1 मिनेट
सप्तरंग

क्यान्सरपीडित बलिउड सेलेब्रिटी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २६ शनिबार ११:०४:००

फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रूपमा मनाउने गरिएको छ । प्राणघातक रोग भए पनि सही समयमा यसको पहिचान र उपचार भयो भने पूर्ण रूपले निको हुन्छ । क्यान्सरलाई जितेका मानिसहरू हाम्रो समाजमा धेरै छन् । त्यसैगरी, केही बलिउड स्टारले पनि क्यान्सरलाई पराजित गरेका छन् । क्यान्सरको सामना गरेर पुनर्जीवन पाएका केही सेलेब्रिटी निम्न छन्:

 मनीषा कोइराला
अभिनेत्री मनीषा कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको थियो । आफूलाई क्यान्सर लागेको थाहा हुनेबित्तिकै उनले उपचार गराइन् । उनले उपचारका लागि केही महिना न्युयोर्कको एक अस्पतालमा बिताइन् । उपचारका क्रममा मनीषाले आफ्नो शिर मुण्डन गरेकी थिइन् । उनले क्यान्सरलाई जितिन् । उनले हालै यसबारेमा ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’ नामक आत्मकथा प्रकाशित गरेकी छिन् । मनीषा अचेल क्यान्सर सचेतना अभियानमा जुटिरहेकी छिन् ।

 सोनाली बेन्द्रे 
अभिनेत्री सोनाली बेन्द्रे लडाकु जसरी क्यान्सरसँग लडिरहेकी छिन् । ४४ वर्षीया सोनालीलाई मेटास्टेटिक क्यान्सर भएको हो । आफूलाई क्यान्सर भएको थाहा पाउनेबित्तिकै उनी उपचारमा लागिन् । हालै अमेरिकाको न्युयोर्कमा उपचार गरेर मुम्बई फर्किएकी उनले नियमित चेकअप गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् । आफूलाई क्यान्सर लागेको जानकारी उनले इन्स्टाग्राममार्फत दिएकी थिइन् । 

 ऋषि कपुर
अभिनेता ऋषि कपुर गएको केही महिना पहिले उपचारका लागि न्युयोर्क गएका थिए । यसैबीच उनका केही तस्बिर सार्वजनिक भएका थिए । तस्बिरमा उनलाई चिन्न मुस्किल भएको थियो । खबरअनुसार अभिनेता कपुर गम्भीर बिरामीले ग्रस्त छन् । जसका कारण उनी निकै कमजोर देखिएका हुन् । अहिलेसम्म त उनकोे बिमारको खुलासा भएको छैन । यद्यपि, उनलाई क्यान्सर भएको आशंका गरिएको छ ।

राकेश रोशन  
निर्देशक, निर्माता तथा अभिनेता राकेश रोशनलाई क्यान्सर भएको छ । यो कुरा राकेशका छोरा अभिनेता ऋतिक रोशनले मिडियामा ल्याएका हुन् । ऋतिकले क्यान्सरपीडित बाबुको उपचार हुँदै गर्दा खबर सार्वजनिक गरेका थिए । उपचारपछि ऋतिकले बाबुको एउटा फोटो सार्वजनिक गरेका थिए । जसमा उनको नाकमा पाइप लगाइएको थियो । 

 इरफान खान अभिनेता इरफान
खान न्युरोएन्डिक्रिन क्यान्सर रोगबाट पीडित छन् । केही समयअघि लण्डनमा आफ्नो रोगको उपचार गराएका खानको स्वास्थ्य अहिले पुरानै अवस्थामा फर्किएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।