मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १ बुधबार ०५:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल डिस्टिलरीले अनलाइन ‘खुकुरी म्युजिक नेसन’ आयोजना गर्ने

Read Time : < 1 मिनेट
२०७७ पौष १ बुधबार ०५:५२:००

खुकुरी रमले अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतका लागि ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीले नेपालका ख्यातिप्राप्त स्थापित कलाकारहरूका साथै उदयमान कलाकारहरूको प्रस्तुति रहने गरी कार्यक्रम आयोजना गर्ने भएको हो । 

कार्यक्रमले नेपाली संगीत र नेपाली कलाकारहरूको उत्थान, प्रवद्र्धन एवं प्रोत्साहनमा सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । नेपाली संगीतमा पूर्वी र पश्चिमी संगीतको संयोजन पाइने तथा नेपाली संगीत हरेक किसिमका श्रोताहरूमाझ पुग्न सफल भएको कम्पनीको भनाइ छ । यसैले खुकुरी रमले नेपाली संगीतमा गर्व गर्ने र यो अभियानमार्फत नेपाली संगीतको उत्सव मनाउन चाहेको जनाएको छ । 

खुकुरी रमले आफ्नो वेबसाइटमार्फत सञ्चालन गर्ने प्रतियोगितामा आवेदकले आफूभित्र रहेको सांगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्ने जनाइएको छ । प्रतियोगिताका निर्णायकहरू विपुल क्षत्री, समृद्धि राई र सबिन राईको निर्णयमा भिडियो अपलोड गर्ने प्रतिभाहरूमध्येबाट उत्कृष्ट १६ प्रतियोगीको नाम २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष सांगीतिक कार्यक्रमबाट उद्घोष गरिने कम्पनीले जनाएको छ ।

विजेताले ११ लाख रुपैयाँबराबरको खुकुरी म्युजिकलसँगको करार प्राप्त गर्ने तथा विभिन्न कलाकारका साथमा नेपालमा आफ्नो प्रस्तुतिको अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

जनवरी १ तारिखमा सम्पन्न हुने सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरू कबवेब, समृद्धि राई, विपुल क्षत्री, सबिन राई एन्ड द फारो, द एक्स ब्यान्ड र द इलिमेन्ट्सको प्रस्तुति रहने जनाइएको छ । हालको कोभिड परिस्थितिका कारण नेपालमै पहिलोचोटि बृहत् अनलाइन कन्सर्ट गरिन लागेको कम्पनीको दाबी छ ।