मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ मङ्सिर ३० मंगलबार १४:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोरोना संक्रमण दरमा व्यापक कमी, १६१ दिनपछि पहिलोपटक २२ हजार मात्रै संक्रमित

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ३० मंगलबार १४:०८:००

भारतमा करिब पाँच महिनापछि एक दिनमा जम्मा २३ हजारभन्दा कम कोभिड–१९ संक्रमित फेला परेका छन् । यस्तै यहाँ कोभिड संक्रमणमुक्त हुने दर ९५ प्रतिशतभन्दा बढी पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा जम्मा २२ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित भारतमा हालसम्म संक्रमितको संख्या ९९ लाख ६ हजार एक सय ६५ पुगेको छ । यस अवधिका संक्रमणबाट तीन सय ५४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । भारतमा कोरनाबाट हालसम्म एक लाख ४३ हजार सात सय नौजनाको मृत्यु भइसकेको छ ।  

तथ्यांकअनुसार हालसम्म ९४ लाख २२ हजार ६ सय ३६ जना कोरोनामुक्त भइसकेका छन् । यस्तै पछिल्लो नौ दिनदेखि भारतमा सक्रिय कोरोना संक्रमितको संख्या चार लाखभन्दा कममा झरेको छ । भारतमा तीन लाख ३९ हजार आठ सय २० जनाको अस्पतालमा कोरोनासम्बन्धी समस्याका कारण उपचार भइरहेको छ । जुन कुल संख्याको ३.४३ प्रतिशत हो ।