१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २९ सोमबार ०९:३५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धुलिखेल नगरपालिकामा अनलाइन कर भुक्तानी

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २९ सोमबार ०९:३५:००

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका प्रविधिमैत्री नगरपालिका बन्दै गइरहेको छ । नगरपालिकाभित्र बजार क्षेत्रमा सिसिटिभी जडान, ठाउँ–ठाउँमा फ्री वाइफाई, मोबाइल एप हुँदै अनलाइन कर भुक्तानीसमेत गर्ने भएको छ ।नगरपालिकाभित्रको सेवाग्राहीलाई सहज बनाउँदै बिहीबार अनलाइन कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ ।

उक्त सेवाको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले आफ्नो सम्पत्ति कर अनलाइनबाट भुक्तानी गरेका छन् । डिजिटल युगमा सेवाग्राहीको काम छिटो र छरितो बनाउनका लागि अनलाइन कर भुक्तानी सेवा सुरु गरेको नगरप्रमुख ब्याञ्जूले बताए । ‘वैज्ञानिक युगमा आएर पनि सेवाग्राहीहरू सेवा लिन लाइनमा बस्ने अवस्था नआओस् भन्ने हेतुले अनलाइन कर भुक्तानी सेवा सुरु गरेका हौँ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘यस कामले सेवाग्रहीको समयको बचत हुने भएकाले त्यो समय अर्काे नवीन काममा प्रयोग हुने आशा लिएको छु ।’

सबै वडामा आफ्नै फाइबर
धुलिखेल नगरपालिकाले अनलाइन कर भुक्तानी सेवा विस्तार गर्न सबै वडामा आफ्नै फाइबर जडान गर्ने ब्याञ्जूले बताएका छन् । नगरपालिकामा रहेको १२ वडामध्ये आठवटा वडामा फाइबर जडान गरिसकेको र बाँकी चारवटा वडामा पनि फाइबर जडानको काम भइरहेको छ । उक्त सेवालाई बानी पार्नका लागि सेवाग्रहीलाई केही समयका लागि उक्त सेवा प्रयोग गरेबापत करमा छुट दिने पनि नगरप्रमुखले जानकारी दिए । 

सबै वडामा गएर सेवाग्राहीलाई उक्त सेवा प्रयोग गर्न तालिम दिने पनि नगरपालिकाले जनाएको छ । आगामी दिनमा धुलिखेल नगरपालिकाको सबै सेवा अनलाइनबाटै हुने व्यवस्था गर्दै जाने पनि उनको भनाइ छ । सबै डाटाहरू अनलाइनमा जोड्ने लक्ष्य रहेको छ । जसले गर्दा धुलिखेलमा कतिवटा उद्योग, कतिवटा पसल, कति अन्य कुरा छ भन्ने सबै कुरा आगामी दिनमा अनलाइनमा हुने व्यवस्था गर्ने व्याञ्जूको भनाइ छ ।

भुक्तानीका लागि तीन कम्पनीसँग सम्झौता
अनलाइन कर भुक्तानी सेवाका लागि तीनवटा कम्पनीसँग सम्झौता गरेर काम सुरु गरेको नगरपालिकाले जनाएको छ । नेपाल क्लियरिङ हाउस, इ–सेवा र खल्तीसँग सम्झौता गरेर सेवा सुरु गरेको छ । सेवाग्राहीले यो तीनमध्ये कुनै सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सकिने जानकारी दिए ।

उक्त सेवा प्रयोग गर्न पहिला नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विरण अद्यावधिक गर्नुपर्नेछ । यो सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने पनि बताइएको छ ।