१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर
हदिश खुद्दार जनकपुरधाम
२०७७ मङ्सिर २८ आइतबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाको कारण विवाहपञ्चमी प्रभावित

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ मङ्सिर २८ आइतबार १८:५५:००

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव विवाहपञ्चमीमा पनि पर्ने भएको छ । प्रत्येक वर्ष धुमधामका साथै मनाइने रामजानकी विवाह महोत्सव यस वर्ष प्रभावित हुने भएको हो । 

विवाहपञ्चमीभन्दा करिब दुई साताअघिदेखि नै जनकपुरधाममा चहलपहल हुन्थ्यो । तर, यसवर्ष एक साता बाँकी हुँदा पनि विवाहपञ्चमीको चहलपहल छैन । 

आगामी ४ पुसमा विवाहपञ्चमी मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए । कोरोना महामारीका कारण यस वर्षको विवाहपञ्चमी प्रभावित भएको महन्थ दासले बताए ।

‘भागवान् राम र सीताको विवाह महोत्सव भएकोले प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमीको आयोजना गर्दै आएको थियौँ,’ महन्थ दासले भने, ‘तर, यस वर्ष कोरोनाको कारण कार्यक्रम सीमित गरेका छौँ ।’ विवाहका सम्पूर्ण क्रियाकलाप सामान्य रूपमा हुने उनले बताए । 

२९ मंसिरमा जनकपुरधाम नगर दर्शन, ३० मा फूलबारी लीला, १ पुसमा धनुषयज्ञ, २ पुसमा तिलकोत्सव, ३ पुसमा मटकोर, ४ पुसमा विवाह र ५ पुसमा रामकलेबाको आयोजना गरी विधिवत रूपमा विवाहपञ्चमी सम्पन्न हुने महन्थ दासले बताए ।

विवाहपञ्चमीमा स्वदेश तथा छिमेकी देश भारतबाट हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरू सहभागी हुने गरेकोले यस वर्ष कोरोनाको कारण श्रद्धालु भक्तजन संख्यामा व्यापक कमी आउने महन्थ दासले बताए । नेपाल–भारत सिमानाका बन्द रहेकोले पनि भारतबाट आउने श्रद्धालुको संख्यामा कमी आउने महन्थ दासले बताए । 

कोरोनाको कारण भारतको अयोध्याबाट आउने जन्तीलाई समेत यस वर्ष आन्मन्त्रण नगरेको उल्लेख गर्दै महन्थ दासले भने, ‘विवाहपञ्चमीमा भारतीय जन्तीलाई आमन्त्रण गरेका छैनौँ । उहाँहरुले आउने इच्छा पनि देखाउनुभएको छैन ।’