१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २८ आइतबार ०५:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वृद्धाश्रमलाई सिद्धार्थको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २८ आइतबार ०५:५८:००

सिद्धार्थ बैंक लिमिटेडले कागेश्वरी–मनोहरा नगरपालिकाको गोठाटारमा रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  

उक्त रकम श्रीकृष्ण प्रणामी सेवा समितिले २०७२ सालको भूकम्पका कारणले क्षति पुगेको र जोखिममा रहेको भवनको पुनर्संरचनामा उपयोग गर्ने जनाएको छ । भवनमा समितिद्वारा वृद्धाश्रम सञ्चालन गर्दै आएको र निर्माणपश्चात् असहाय वृद्धवृद्धाहरूको आवासका लागि उपयोग गर्ने जनाइएको छ ।

समाज कल्याणको कार्य गर्दै आइरहेको समितिलाई पुर्‍याएको सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकको छ ।