मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ मङ्सिर २६ शुक्रबार १६:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनामा कार्यरत सैनिकले विवाह खर्च सामाजिक कामका लागि कोष स्थापना गर्न दिए

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ मङ्सिर २६ शुक्रबार १६:०४:००

नेपाली सेनामा कार्यरत सैनिकले आफ्नो विवाहमा लाग्ने खर्च कटाएर सामाजिक कामका लागि अक्षय कोष स्थापना गरेका छन्  

संखुवासभाको खाँदबारी नगरपालिका– ८ का पवन बजगाईंले उच्च शिक्षा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरी विवाह खर्च कटाएर अक्षय कोष स्थापना गरेका छन् ।

नेपाली सेनामा कार्यरत बजगाईंले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा अध्ययनमा बाधा नपुगोस् भन्ने उद्देश्यले उनी आफैँ पढेको खाँदबारीको बरुण बहुमुखी क्याम्पसमा अध्यक्ष कोष स्थापना गरेका हुन् । 

बरुण बहुमुखी क्याम्पसमा एक लाख २५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । पवन र उनकी श्रीमती समीक्षाले संयुक्त रूपमा आफ्ना बुबाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाईं’ अक्षय कोष स्थापना गरेका हुन् ।

विवाहको दिन क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई उक्त अक्षय कोषको रकम हस्तान्तरण गरेका थिए ।

पवन र समीक्षाले स्थापना गरेको अक्षय कोषबाट आर्थिक अवस्था कमजोर भई पढाइलाई निरन्तरता दिन नसक्ने छात्रछात्राहरूको लागि अत्यन्तै राम्रो हुने क्याम्पसका सहायक प्रमुख अधिकारीले बताइन् ।     

सोही विवाह समारोहमा नै पवन र समीक्षादम्पतीले खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार रुपैयाँ पनि प्रदान गरेका छन् । 

विवाह सुरुवातको अवसरमा नै पवनले खाँदबारी– ३ मा रहेको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङमा सञ्चालनमा रहेको सुस्त श्रवण तथा बहिरा स्राेत कक्षाका विद्यार्थीहरुलाई लत्ताकपडासमेत सहयोग गरेका थिए ।