मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ मङ्सिर २६ शुक्रबार १३:३३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विपक्षीलाई प्रदर्शन नगर्न प्रधानमन्त्री इमरान खानको आग्रह

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर २६ शुक्रबार १३:३३:००

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुस हालका लागि रोक्न आग्रह गरेका छन् । 

उनले पाकिस्तानमा कोभिड– १९ को असर अझै धेरै मात्रामा देखिएकोले ठूलो संख्यामा जुलुस ननिकाल्न आग्रह गरेका हुन् । 

पाकिस्तानमा वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरू लागेका छन् । उनीहरूले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन् । 

यसअघि देखि नै सरकारले सो नारा, जुलुस र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्न पटकपटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरूले बताएका छन् । 

तैपनि विपक्षीहरूले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरूलाई सार्वजनिक रूपमा यो आग्रह गरेका हुन् । 

पाकिस्तानका अधिकारीहरूले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् । 

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालै मात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरू कोरोना भाइरसका बिरामीलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताए ।  

अर्कातर्फ यहाँका विपक्षी राजनीतिक दलहरूले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् । 

यसैले यहाँको सरकारले हालैका दिनहरूमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरूका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहरूले जानकारी गराएका बताइएको छ ।