मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २६ शुक्रबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराजको १२.१२ सेल अभियान घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २६ शुक्रबार ०६:०९:००

अनलाइन सपिङ बजार दराजले सेल अभियान घोषणा गरेको छ । कम्पनीले यस वर्षको ११.११ को अभियानको सफलतापछि वर्षकै अन्तिम सेल अभियानका रूपमा ‘दराज १२.१२’ घोषणा गरेको हो । 

अभियान २७ मंसिर मध्यरातदेखि ३ पुससम्म सञ्चालन हुने जनाइएको छ । १२.१२ मा उपभोक्ताले विशेष छुटका साथ भौचरहरू र बैंक कार्डमार्फत थप छुटको लाभ उठाउन सक्ने दराजले जनाएको छ । यस अभियानका लागि सानिमा बैंक, माछापुच्छ्रे  बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्डधारकहरूले कार्ड प्रि–पेमेन्टमा १२ प्रतिशत वा अधिकतम १ हजार २ सय १२ रुपैयाँसम्मको छुट पाउन सक्ने जनाइएको छ ।  

यसबाहेक उपभोक्ताले ‘मेगा गिभअवे’का रूपमा ७० हजार रुपैयाँको सामसङ ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । सेलको उत्साहलाई निरन्तरता दिनका लागि उपभोक्ताले वानरूपी गेममा पनि भाग लिन सक्ने र यसमा नयाँ मोटोरोला इ–प्लसलगायत अन्य उत्पादनहरू १ रुपैयाँ मात्रमा जित्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला इ–सेभेन प्लस र मोटोरोला जी प्ले दराजमार्फत लन्च गर्ने जनाइएको छ । उक्त फोन किन्न इच्छुकले कार्डमार्फत १२ प्रतिशतको अतिरिक्त छुटका साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्ने कम्पनीले जनाएको छ ।