१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर २५ बिहीबार १२:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वकाे समूहले हत्या गरेका प्रअको दाहसंस्कार सम्पन्न, दोषीमाथि कारबाहीको माग

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर २५ बिहीबार १२:३२:००

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरणपछि हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिएको छ । 

२३ मंसिर विहान अपहरण गरेर दुवै हात बाँधेर जंङगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएका ५४ वर्षीय प्रअ श्रेष्ठको बिहीबार बिहान मिक्लाजुङ २ मधुमल्लास्थित बक्राहा खोलामा सयौँ मलामीको उपस्थितीमा दाहसंस्कार गरिएको हो । 

मिक्लाजुङको मधुमल्लामा बस्दै आएका ३० वर्षीय छोरा छत्रबहादुरले मृतक बाबुको चितालाई दागबत्ती दिए । 

मोरङका संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुशल लिम्बू, नेकपा केन्द्रीय सदस्य गुरु बराल, शिक्षक संगठनका नेतालगायतले दाहसंस्कारमा सहभागी भएर प्रअ श्रेष्ठलाई श्रद्धाञ्जलीसहित शोक प्रकट गरे । 

उनीहरूले घटनालाई अमानवीय र आततायी भन्दै दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गराउन माग गरे । प्रअ श्रेष्ठका श्रीमती, एक छोरा र छोरी छन् । 

छोराछोरी दुवैको विवाह भइसकेकाले मिक्लाजुङ १ वर्षेस्थित घरमा श्रीमान् र श्रीमती मात्रै बस्दै आएका थिए । प्रअ श्रेष्ठ नेकपा मिक्लाजुङ गाउँ कमिटी सदस्य र नेपाल शिक्षक संगठनको कार्यकर्ता  थिए ।