१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २५ बिहीबार ११:३०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल टेलिकम हुम्लामा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २५ बिहीबार ११:३०:००

गुणस्तरीय सेवा नदिएकाे भन्दै नेपाल टेलिकमका कार्यालयमा तालाबन्दी गरिएकाे छ ।

महिनाैँ दिनसम्म टेलिकमकाे ध्यानाकर्षण गर्दा पनि टेलिकमले लापरबाही गरेपछि युवाद्वारा कार्यालयमा तालाबन्दी गरेका छन् ।

जिल्लास्थित युवा संघ, नेवि संघ,नागरिक समाज मिलेर तालाबन्दी गरेकाे युवा संघ हुम्लाका अध्यक्ष सुवास राेकायले जानकारी दिए ।

जिल्लामा महिनाैँ दिन सेवाग्राहीले सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले ताला लगाउन बाध्य भएकाे संयाेजक राेकायले बताए। ५० देखि जना युवाका समूहले तालाबन्दी गरेका हुन् ।

नेपाल टेलिकमले क्षमताभन्दा बढी सिम, रिम दिएपछि समस्या भएकाे सेवाग्राहीहरूले गुनासाे गरेका छन् ।

नेपाल टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले आफ्नाे सेवा सकभर गुणस्तरीय गरिएकाे बताए ।