Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २५ बिहीबार ०६:४९:००
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले चितवनको द फर्न रेसिडेन्सी होटेलमा छुट पाउने भएका छन् । बैंक र होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवाशुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डबाहक ग्राहकले होटेलमा सेवा लिँदा विशेष छुट पाउने जनाइएको छ ।
बैंकले देशभरमा १ सय ११ शाखा, ९९ एटिएम र १ सय ४ शाखारहित बैंकिङ इकाइबाट सेवा दिइरहेको जनाएको छ । बैंकको सेवाबाट करिब साढे ६ लाख ग्राहकले आधुनिक बैंकिङ सेवा प्राप्त गर्दै आएको बैंकको दाबी छ ।
कोभिड–१९ को त्रासका बीच बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको जनाएको छ ।
























