१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ मङ्सिर २५ बिहीबार ०६:११:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिद्धबाबालाई  तत्काल थुनामै राख्न  उच्च अदालतको आदेश 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ मङ्सिर २५ बिहीबार ०६:११:००

उच्च अदालत विराटगरमा मुद्दा विचाराधिन रहेकै अवस्थामा जिल्ला अदालत सुनसरीले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अभियोग मुक्त गर्दै सफाई दिएको पाइएको छ । आफ्ना  कानुन व्यावसायीहरुलाई जिरह गर्न नदिइकन बादी तर्फका साक्षीहरुको बकपत्र गराइएको भन्दै प्रतिवादी कृष्णदासका कानुन व्यवसायीहरुले उच्च अदालत विराटनगरमा पुन ः वकपत्र गराउन गरेको निवदेनको अन्तिम आदेश नभइकन जिल्ला अदालत सुनसरीले मुद्दा फैसला गरेर अभियुक्तलाई सफाई दिएको पाइएको हो ।  

१२ मंसिरमा बादी तर्फका साक्षीहरुको पुन : वकपत्र गराउन माग गर्दै कृष्णदासका कानुन व्यवसायीहरुले १२ मंसिर २०७७  मा उच्च अदालत विराटनगरमा निवेदन गरेका थिए । १७ मंसिरमा न्यायधिश कृष्णकुमार अधिकारी मिलनकुमार राईको संयुक्त इजलासले  सक्कल मिसिल झिकाउन आदेश गरेको थियो ।

उच्चले उक्त मुद्दामा  २४ मंसिरमा सुनवाईका  लागि पेशी तोकेको थियो । यता मुद्दा उच्चमा विचाराधिन रहेकै अवस्थामा २२ मंसिरमा जिल्ला अदालत सुनसरीका मुख्य न्यायधिश अर्जुन कोइरालाको इजलासले एक  पक्षीय बहस गराएर प्रशस्त प्रमाण हुँदाहुदै मुद्दा फैसाल गरेर अभियुक्त्त कृष्णदासलाई अभियोगबाट सफाई दिलाएका थिए ।  

यता सरकारी वकिल कार्यालय सुनसरीबाट मिसिल सर्वाेच्चमा गएकोले २४ मंसिरमा पनि उच्च अदालतमा फर्र्केर आइपुग्न सकेन । यसैले २४ मंसिर बुधबार पनि सक्कल मिसिल प्राप्त नभएपछि न्यायधिश यमुना भट्टराई र राजन भट्टराईको संयक्त इजलासले  पुर्व  आदेश अनुसार कार्य सम्पन्न गर्ने, भन्दै अर्को आदेश गरेको छ । उक्त्त आदेश अनुसार सक्कल मिसिल प्राप्त भएपछि उच्चले पुन अर्को पेशीमा सुनवाई गरेर बकपत्र पुन गराउन वा पहिलेकै सदर गराउन जिल्ला अदालतलाई आदेश गर्नेछ ।

  तर, जिल्ला अदालतबाट मुद्दा फैसला भइसकेकोले  अब उच्च अदालतले बकपत्रबारे गर्ने आदेशको कुनै अर्थ नहुने कानुन व्यावसायीहरु बताउँछन ।  पीडित महिलाको तर्फबाट बहस गर्दै आएका अधिवक््ता कोषराज न्यौपानेले मुद्दा उच्चमा विचाराधिन हुँदाहुदै नजरअन्दाज गरेर एकपक्षीय रुपले फैसला गर्नु प्रकृयागत  त्रुटी भएको बताए । उनले एकपक्षीय सुनवाई गरेर मात्र मुद्दा फैसाला गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित मात्र नभएर संवैधानिक उल्लंघन पनि हो भने । उनका अनुसार मुद्दामा बादीप्रतिबादी दुबै पक्षको सुनवाईको हक हुन्छ । अधिबक्त्ता न्यौपानेले भने,‘यसवारे नियमनकारी निकाले चासो दिन आवश्यक छ ।’

सुनसरी अदालतका मुख्य न्यायधिश अर्जुन कोइरालाले मुद्दामा अभियोग प्रमाणित  गर्ने प्रशस्त आधार प्रमाण हुँदाहुँदै एकपक्षीय रुपले सिद्धबाबालाई अभियोगबाट सफाई दिएको आरोप लागेको छ । सुनसरी जिल्ला न्यायधिबक्त्ता  गोकुल निरौलाले अदालतले प्रकृया मिचेर एक पक्षीय रुपले फैसला गरेकोले उच्चमा पुनरावेदन जाने तयारी भइरहेको बताए । उनले भने,‘हामी फैसला प्राप्त हुनासाथ उच्चमा पुनरावेदन गर्नेछौ ।’ 

यता सुनसरीको झुम्का कारागारमा पुर्पक्षका लागि बन्दि रहेका बाबा कृष्णदास अदालतले सफाई दिएपछि छुटेर चताराधाम स्थित आश्रमा फर्केका छन । बराहक्षेत्र नगरपालिका २ चतराधाममा झण्डै एक सय विगाहा क्षेत्रफलमा रहेको श्रीरामानन्दचार्य  सेवा पीठ आश्रमको कृष्णदास अझै संरक्षक छन् । त्यहाँ उनको वतानुकुलित अलग्गै आश्रम छ ।

४ कात्तिक २०७६ मा कृष्णदासलाई आफनै अनुयायमीलाई आश्रममा बलात्कार गरेको आरोप लागेको थियो ।  सुनसरी प्रहरीले उनलाई १६ मंसिरमा  पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अपराधको अनुसन्धान गरेको थियो । १० पुस २०७६ मा सिद्धबाबा विरुद्ध प्रहरीले बलात्कार अभियोगमा सुनसरी अदालतमा मुद्दा दर्ता गराएको थियो ।

१४ पुस ०७६ मा   जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई तीन लाख धरौटीमा बाहिर बसेर पुर्पक्ष गर्न पाउने गरी थुनामुक्त गरेको थियो । ९ माघ ०७६ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । उच्चको आदेशपछि पक्राउ पर्ने डरले  भारततर्फ फरार भएका कृष्णदास पछि अदालतमा हाजिर भएपछि पुर्पक्षका लागि झुम्का कारागारमा थुनामा बस्दै आएका थिए ।

उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिर शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलासले आरोपी सिद्धबाबालाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । 
उनलाई २२ मंसिरमा जिल्ला न्यायधिश अर्जुन कोइरालाले एक पक्षीय बहस गराएर अभियोगबाट सफाई दिलाएका थिए ।  

याे पनि पढ्नुहाेस् : थुनामै राखेर मुद्दा चलाउन सर्वोच्चले आदेश दिएको १०औँ दिनमा ‘सिद्धबाबा’लाई सफाइ