१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : मनकामना दर्शन प्रालि
२०७७ मङ्सिर २३ मंगलबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनकामना मन्दिर २८ मंसिरबाट खुला गरिने

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार १७:२१:००

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आगामी २८ मंसिरबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । कोभिड–१९ का कारण नौ महिनापछि सर्वसाधारणका लागि खुला हुन लागेको हो । 

मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको वैठकले २८ मंसिरबाट खुला गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले बताए । कोभिड–१९ को प्रभावका कारण गत चैतदेखि मनकामना मन्दिर बन्द रहेको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खुला गरिने उनले जानकरी दिए । ‘मनकामना क्षेत्रलाई पनि संस्कृति महाशाखाले तयार गरेको धार्मिकस्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर सञ्चालन गर्ने निर्णय भएको हो’ उनले भने । सोही दिनदेखि केबलकार पनि सञ्चालनमा आउने बताइएको छ ।