१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २३ मंगलबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान विरोधीविरुद्ध एक हुन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएकै दिन राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २३ मंगलबार १२:५०:००

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी प्रदर्शनका विरुद्ध एक हुन आह्वान गर्दै काठमाडौंमा सर्वदलीय बैठक बोलाएकै दिन रौतहटमा राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै प्रदर्शन गरिएको छ । 

चन्द्रनिगाहपुरमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टहरूमाथि कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए । 

उनीहरूले पूर्वराजा रानीको तस्बिर अंकित टिसर्ट लगाएर प्रदर्शनमा उत्रिएका थिए । 

प्रदर्शनकारीहरूले चन्द्रनिगाहपुरको मुख्य–मुख्य स्थानमा प्रदर्शन गर्दै मुख्य चोकमा आएर सभा सम्पन्न गरेका थिए । 

प्रदर्शनमा जिल्लास्तरीय नेताहरूको सहभागिता रहेकोमा अधिकांश युवा देखिन्थे ।