१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर २३ मंगलबार १२:४३:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्प प्रशासनले टिकटकमाथि लगाएका प्रतिबन्ध रोक्न न्यायाधीशको आदेश  

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर २३ मंगलबार १२:४३:००

अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरू हाललाई रोक्न आदेश दिएका छन् । 
चिनियाँ कम्पनी बाइटडान्समाथि  अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटकमार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । 

तर, संघीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरू पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख छ । 

ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिएको थियो । तर, हालसम्म अमेरिकी कम्पनीहरूसँग सम्झौताका लागि वार्ता भए पनि निर्णय भइसकेको छैन ।