Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २२ सोमबार ११:४५:००
कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार राति भएको आगलागीमा परी १५ वर्षीया हिरू शाहीको मृत्यु भएको हो ।
चिसो भएका कारण न्यानो बनाउनका लागि पृथ्वीबहादुर शाहीको घरमा राति आगो ताप्न परालबाट आगो बालेको अवस्थामा आगो फैलिएर आगलागी भएको हो ।
आगलागीमा १२ वर्षीया शर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
घाइते शर्मिलालाई उपचारका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कालिकोट महावै गाउँपालिका– ६ स्थित कुनीनजिकको तिला कर्णाली नदीको छेउमा पुरुष वा महिलासमेत छुट्याउन नसकिने अवस्थामा बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।