मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २१ आइतबार २१:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षाविद् डा. वाग्लेको खण्डकाव्य ‘यौन शिक्षा’ लोकार्पण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २१ आइतबार २१:२१:००

शिक्षाविद् डा. मनप्रसाद वाग्लेको खण्डकाव्य ‘यौन शिक्षा’ सार्वजनिक भएको छ । छन्द चौतारी, प्रतिभा निकुन्ज र कोक गोष्ठीको सहकार्यमा यौन शिक्षाको लोकार्पण भएको हो । पुस्तक लोकार्पण गर्दै आधुनिक आसु कवि रमेश खकुरेलले पुस्तकको महत्व, रचनाकारको परिपक्वता र यौन शिक्षाबारे समाजको आवश्यकताबारे प्रकाश परे । 

स्वागत मन्तव्य दिँदै साहित्यकार कोषराज न्यौपानेले पुस्तकको महत्वबारे प्रकाश पारेका थिए । पुस्तकको समीक्षा कवि कृष्णशरण उपाध्यायले कवितामा नै गरेका थिए भने पुस्तकको अपरिहार्यताबारे व्याख्या गरेका थिए । 

यौन शिक्षा खण्डकाव्यबाट टीका आत्रेय, कल्पना भट्टराई र शिव त्रिपाठीले केही श्लोक वाचन गरेका थिए । आफ्नो कृतिबारे डा. वाग्लेले विद्यालय र कलेजमा पढ्ने सवै विद्यार्थी र १० वर्ष उमेरदेखि माथिका वृद्धवृद्धासमेतलाई अनौपचारिक रूपमा यौन शिक्षा पस्कनु पुस्तकको मुख्य उद्देश्य रहेको बताए । 

कवि भुवनहरि सिग्देलले पुस्तक यौन–विज्ञान भएको बताए । कार्यक्रम जुम प्रविधिबाट गरिएको थियो ।