१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर २१ आइतबार १४:४९:००
Read Time : < 1 मिनेट
विश्व

चीनको कोइला खानीमा भएको विस्फोटमा २३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर २१ आइतबार १४:४९:००

चीनको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । चोकिङस्थित एक कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइड रहेकाले विस्फोट भएको थियो । 

दुर्घटनामा परेका एकजनालाई भने उद्धार गरी बाहिर निकालिएको उद्धारकर्मी तथा मजदुरहरूले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार शुक्रबार अपराह्न पाँच बजेतिर खानीमा विस्फोट भएको थियो । कोइला खानी करिब दुई महिनाअघि बन्द गरिएको थियो ।  सरकारले तय गरेका सुरक्षाका मापदण्डहरू पूरा नगरेको भनेर  कोइला खानी बन्द गरेकोमा केही दिनअघि मात्र सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । दुर्घटनापछि  खानीको अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।