१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकमा मोबाइलबाटै मुद्दती खाता खोल्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:५६:००

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकले डिजिटल बैंकिङको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन यो सेवा सुरु गरेको हो ।

बैंकका ग्राहकले एनआइसी एसिया मोब्यांक एपमा रहेको फिक्स्ड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । यस बैंकमा ग्राहकले कम्तीमा ३ महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्ने जनाइएको छ ।

यसको ब्याजदर बैंकले ७.२५ देखि ९.७५ प्रतिशतसम्म तोकेको जनाइएको छ । मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको जनाएको छ ।

हाल बैंकले देशभर ३ सय ३० शाखा, ४ सय ७० एटिएम, ९९ एक्स्टेन्सन काउन्टर एवं ७४ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।