१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ज्ञानेन्द्र कार्की
२०७५ माघ २५ शुक्रबार ०९:३८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

क्रिकेट रंगशाला निर्माणको लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
ज्ञानेन्द्र कार्की
२०७५ माघ २५ शुक्रबार ०९:३८:००


माघ १६ गते काठमाडौंको  राष्ट्रिय सभा गृहमा  घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको  अभियानलाई लिएर मलेसिया आएका  धुर्मुस र सुन्तलीको  शानदार प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको छ ।  नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरे लगत्तै  पहिलो प्रस्तुतिको लागि उनीहरु मलेसियामा आएका हुन् ।

उनीहरुसँगै चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र यामजोङ्ग  पनि आएका छन् । मलेसियामा उनीहरुको भव्य स्वागत भएको छ । दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणको लागि मलेसियाको तीन शहरमा  ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो ।

जस अन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ  । उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोरन्जन लिएका छन्  । यी दुईसँगै लोक गायक बद्रि पंगेनी, आधुनिक गायिका मेलिना राइ,चर्चित लोकगायिका लोक गायिका सम्झना भण्डारी र स्थानीय कलाकारहरुले पनि मनोरञ्जन  दिएका छन् ।

यसैगरी अब  क्वालालम्पुर र पेनाङ पश्चात फेब्रुअरी१० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ  र सहयोग पाउने धुर्मुस सुन्तलीले विश्वास व्यक्त गरेका छन् ।