मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
इजावेला कोजियल
२०७७ मङ्सिर १९ शुक्रबार ०६:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गरिब मुलुकमा मलमूत्र विसर्जनको समस्या

Read Time : > 2 मिनेट
इजावेला कोजियल
२०७७ मङ्सिर १९ शुक्रबार ०६:३३:००

मानव मलमूत्रजन्य फोहोरले विश्व अर्थतन्त्रमा वर्षमा दुई खर्ब २३ अर्ब डलरको क्षति गर्छ

आधा विश्व मलमूत्रलाई यो कहाँ जान्छ भन्ने सोच्दै नसोची फ्लस गरेर बगाउँछ । तर, विश्वको अर्काे आधा जनसंख्याचाहिँ मानव मलमूत्र सेप्टिक–ट्यांक वा खाल्डोमा जम्मा गरी बस्छ नभरिएसम्म । यसरी थुप्रिँदो मलमूत्रजन्य फोहोर गरिब एवं विपन्नका लागि स्वास्थ्य तथा वातावरणीय टाइम–बम भएको छ । प्रशान्त महासागरको पश्चिमी किनारको टापुमुलुक माइक्रोनेसियादेखि एसियाका कम्बोडिया, लाओस, भारत र नेपाललगायत विश्वका २५ भन्दा बढी मुलुकले गत २० वर्षमा आधारभूत सरसफाइ सेवामा उल्लेख्य प्रगति गरेका छन्। 

तर, मर्यादित सरसफाइ एवं स्वच्छताका लागि शौचालय मात्रैले पुग्दैन, पूर्ण सरसफाइको एउटा शृंखला नै जरुरी हुन्छ । सुरक्षित तवरले सेप्टिक–ट्यांकहरू खाली गर्ने, मलमूत्रजन्य फोहोरलाई ढुवानी गरेर लैजाने, उपयुक्त तरिकाले प्रशोधन तथा विसर्जन गर्नेलगायतका कुरा यस शृंखलामा पर्छन् । सफा चर्पीमा पहुँचको अभावलगायतका कमजोर स्यानिटेसन (सरसफाइ) का कारण रोग, मृत्यु तथा प्रडक्टिभिटीमा कमीमार्फत विश्व अर्थतन्त्रमा वर्षमा दुई खर्ब २३ अर्ब डलरको क्षति हुने गर्छ । तर, यो खती शौचालय भरिएर बाहिर प्रवाहित हुनेलगायत यसखाले फोहोरले फैलाउने प्रदूषणका कारण चुकाउनु परिरहेको वातावरणीय खतीको अगाडि केही नै होइन । यसखाले फोहोरको सामाजिक मूल्य पनि चर्काे छ ।

भारतलगायत मुलुकमा चर्पी सफाइ गर्ने दलित जातिमाथि अमानवीय विभेद तथा होलाहोचोको कलंक पनि छ । यदि हामीले युएनले आउँदो १० वर्षमा विश्वलाई नै खुला दिसापिसाबमुक्त बनाउने जुन लक्ष्य लिएको छ, त्यो हासिल गर्ने हो भने मानव फोहोरको संकट नवीन सोचका साथ प्रणालीकै विकास गरेर व्यवस्थित रूपले नै सम्बोधन गर्नुपर्ने हुन्छ । सरसफाइलाई मानव आवश्यकता एवं सार्वजनिक सेवाका रूपमा लिइन्छ ।

प्रशान्त महासागरको पश्चिमी किनारको टापुमुलुक माइक्रोनेसियादेखि एसियाका कम्बोडिया, लाओस, भारत र नेपाललगायत विश्वका २५ भन्दा बढी मुलुकले गत २० वर्षमा आधारभूत सरसफाइ सेवामा उल्लेख्य प्रगति गरेका छन् ।

तर, राजनीति इच्छाशक्ति तथा उच्च–घनत्वयुक्त उपनगरका ढल प्रणालीलाई सबलीकरण वा विस्तार गर्नमा कोषको अभाव एवं फ्लस गर्ने पर्याप्त पानीको अभावमा ढल निकासको उचित सार्वजनिक पूर्वाधारको विकास सम्भव हुँदैन । यसकारण, सरकारहरूले ढल–प्रणालीयुक्त सेवेरेज प्रणालीको सट्टा ढलविहीन सेप्टिक–ट्यांक तथा खाडल–चर्पीजस्ता स्थानकृत सफाइ प्रणाली अपनाउनुपर्छ । यसले मानिसको सुरक्षा, सफाइ एवं मर्यादामा कुनै सम्झौताविनै प्रकृतिको आह्वानलाई सम्बोधन गर्ने गरी नवप्रवर्तनहरू पनि सुनिश्चित गर्नेछ । 

यस साध्यका लागि अनुसन्धाताहरूले मानव–मलमूत्रजन्य फोहोर उठाउने, लैजाने, प्रशोधन एवं विसर्जन गर्ने सेवाका विभिन्न बिजनेस मोडलको पहिचान गरेका छन् । यस्ता मोडलको स्थापनाले नयाँ व्यवसायको अवसर पनि सिर्जना गर्छन् । सिजिआइएआरको एउटा नयाँ शोधले भारतमा सरसफाइ सेवामा दिगो व्यवसायको अवसर देखाएको छ । यसमा सरसफाइको सेवा दिने सेवा केन्द्रहरू, सेप्टिक–ट्यांक सफाइ संघ, शौचालयको फोहोरलाई बायो–डाइजेस्टरमा जोडेर ऊर्जा तथा अग्र्यानिक मल बनाउने कम्पनीलगायत व्यवसाय पर्छन् ।

भारतमा प्रतिट्यांकी १३ डलर (भारु १ हजार) लिएर वर्षमा ४०० देखि १५०० ट्यांकीको सफाइ गर्दा सेप्टिक–ट्यांक सफाइको व्यवसाय नाफामा जाने पाइएको छ । निमयमित चर्पी सफाइको सेवा दिने कम्पनीले अझ बढी मुनाफा कमाउन सक्छन् । श्रीलंकामा सेप्टिक–ट्यांकको परिमाण र त्यसको संकलन तथा प्रशोधन गर्ने क्षमताबीच भारी अन्तर रहेको पाइएको छ ।

त्यो कमीलाई निजी क्षेत्रको सफाइ सेवामार्फत सम्बोधन गर्न सकिन्छ । बंगलादेशको खुल्नामा सरसफाइ सेवा प्रदायकले सेप्टिक– ट्यांकको स्थिति अनुगमनका लागि अत्याधुनिक जिआइएस–म्याप प्रविधि उपयोग गर्न थालेको छ । अनुसन्धानकर्मी, सार्वजनिक तथा निजी क्षेत्रसँग सहकार्य गरी सरकारले सफाइ व्यवसायलाई मूल्य शृंखलामा जोडेर उद्यमका लागि बजार स्थापना गर्न सघाउन सक्छ । यसो गर्दा सार्वजनिक क्षेत्रले दिनेभन्दा न्यून लागतमा किफायती तथा अझ दिगो सफाइ सेवाको मार्ग प्रशस्त हुनेछ ।

उदाहरणका लागि भारतमा सार्वजनिक शौचालयहरूमा बायो–डाइजेस्टर जडानका लागि अग्रणी कम्पनी सुलभ इन्टरनेसनलले ढल सञ्जाल नभएको स्थानमा मलमूत्रको व्यवस्थापनका लागि सुलभ प्रविधि विकास गरेको छ । रजसले ढल प्रणालीको भार घटाएर पनि वातावरणको सेवा गरेको छ । मर्यादित सरसफाइ आधारभूत मानव आवश्यकता पनि हो, शौचालयको फोहोरले मलखाद तथा ऊर्जाको दिगो स्रोत पनि उपलब्ध गराउँछ । सफाइ प्रणालीलाई आफ्नै बजार, नियामक तथा पूर्वाधार भएको पूर्ण शृंखलाको रूपमा लिइयो भने मात्रै यो लाभ प्राप्त हुन सक्छ । त्यसले मात्रै दिगो सेवा विस्तारका लागि सहयोग गर्छ, चाहे त्यो ढलयुक्त वा गैरढलयुक्त सेवा नै किन नहोस् । 

(कोजियल सिजिआइएआरमा ‘वाटर, ल्यान्ड एन्ड इकोसिस्टम अनुसन्धान कार्यक्रम’ निर्देशक हुन्)
अलजजिराबाट