१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २५ शुक्रबार ०८:४७:००
Read Time : < 1 मिनेट
विश्व

विश्व बैंकको अध्यक्षमा माल्पासको नाम सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २५ शुक्रबार ०८:४७:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन् । विश्व बैंकको कार्यशैलीमाथि तिखो टीकाटिप्पणी गर्दै आएका माल्पासलाई ट्रम्पले सिफारिस गरेका हुन् । ट्रम्पले माल्पासको नाम सार्वजनिक गर्ने क्रममा ह्वाइट हाउसमा आयोजित समारोहमा भने,‘माल्पास विलक्षण प्रतिभाका धनी हुनुहुन्छ र उहाँ अति महत्वपूर्ण  जिम्मेवारी लिन सक्ने उपयुक्त व्यक्ति पनि हुनुहुन्छ ।’

 विश्व बैंकमा सबैभन्दा ठूलो योगदानकर्ता अमेरिका भएको उनले बताए । राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेको दुई वर्षदेखि बहुराष्ट्रिय संस्थाहरूमाथि निरन्तर आलोचना गरिरहेका छन् । माल्पासले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमाथि आक्रमणको नेतृत्व नै गरेका छन् । माल्पासले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको ऋण प्रवाह अभ्यास भ्रष्ट रहेको बताउँदै चीन र तुलनात्मक रूपमा सम्पन्न मुलुकमा समेत लगानी गरिरहेकोमा आपत्ति जनाएका छन् । 

माल्पासले गत वर्ष स्वीकृत सुधारका योजनाको कार्यान्वयन गरिने स्पष्ट पारे । उनले बैंकको लगानीयोग्य रकमलाई १३ अर्ब डलरले वृद्धि गरिने बताए । ‘म निकै आशावादी छु कि अति गरिबीसँग जुध्न तथा विकासशील मुलुकमा आर्थिक अवसर सिर्जना गर्न हामी सक्षम हुनेछौँ,’ माल्पासले भने ।